फेसबुकले गर्यो नया सुरुवात अब लाइकको सट्टा देखिने भयो एस्तो

फेसबुकले आफ्नो फिचरमा केहि नया परिवर्तन गर्न लागेको छ केहि देशमा परिक्षण गरिरहेको उक्त फिचर हो लाइक को संख्या नदेखिने, लाइकको आधारमा मानिसहरुले एक अर्कामा तुलना गर्न लागेको र मानिसहरुको ब्यबहार मा परिवर्तन आएको जिकिर गर्दै उक्त फिचर लाइ ल्याउन लागेको हो ।

यसको सुरुवाती परीक्षण अस्ट्रेलिया बाट गरिएको छ । तपाइ आफ्नो फेसबुक वालमा पोस्ट गरेको कुनै फोटो वा स्टाटसमा अब लाइक वा रियाक्सनको सङ्ख्या नदेखिने भएको हो । हामीले फोटो स्टाटस राख्दा छिनिनमा कति लाइक आयो भन्दै हेर्ने गर्छौ । धेरै देखे दगं र थोरै देखे निराश हुन्छौ । यसमा तपाइ पर्नुहुन्छ भने यी सबै झन्झट बाट चाँडै मुक्त हुन सम्भावना देखिएको छ ।

शुक्रवारदेखि अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताहरूले आफ्ना फोटा वा स्टाटसमा कति जनाले लाइक र रियाक्सन गरे भनेर हेर्न नपाउने भएका छन्। यसअघि नै अस्ट्रेलियाका प्रयोगकर्ताहरूको इन्स्टाग्रामबाट यो सुविधा हटिसकेको छ। फेसबुकले केही समययता यो कामको परीक्षण गरिरहेको थियो। केही देशमा जुलाईबाटै लागू भएको यो परिवर्तन विवादास्पद पनि भइरहेको थियो। तर फेसबुकले कुनै पनि ‘पोस्ट’बाट लाइक सङ्ख्या हटाउनु भनेको प्रयोगकर्तामा सामाजिक चाप कम गर्ने एउटा प्रयास भएको बताएको छ।फेसबुक अस्ट्रेलियाका प्रवक्ता मिया गार्लिकले यसबारे भनेका छन्, ‘लाइक र रियाक्सनको प्रतिस्पर्धा भन्दा पनि मानिसहरूले उनीहरूबिचको अन्तर्क्रियाको गुणस्तरका साथै ‘कन्टेन्ट’ गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्छ।’ लाइक र रियाक्सनको प्रतिस्पर्धाले युवा वर्गहरूको मानसिक स्वास्थ्यमा हानी पुग्न गएको र अनावश्यक दबाब पर्ने गरेको अध्ययनले देखाएको छ।गार्लिकले थप भनेका छन्, ‘कम्पनीले मानसिक स्वास्थ्य विशेषज्ञहरू र एन्टी बुलिङ समूहसँग यस विषयमा छलफल गरेको थियो। प्राविधिक विज्ञहरूले पनि यो पूर्वानुमान गरेका थिए।’ यो परिवर्तनबारे केहीले भने ठिक नभएको प्रतिक्रिया छ दिएका छन्। उनीहरूले लाइक सङ्ख्या उनीहरूको व्यवसाय लागि महत्त्वपूर्ण छ भन्दै आएका छन्। फेसबुकको यो परीक्षणलाई निरन्तरता दिएर स्थायी बनाइन्छ वा हटाइन्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…