कालापानीबाट भारतीय सेना फिर्ता हटाउन भनेपछि भारतीय नेताले भने “कालापानी भारतकै हो, नेपालले दावी चिन्ताजनक”

नयाँदिल्ली : भारतको उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले नेपाली भूमि कालापानी क्षेत्रलाई भारतको भन्दै दावी गरेका छन् ।

उत्तराखण्डको पिथौरागढ जिल्लाको कालापानी भन्दै नेपालले दावी गर्नुलाई ‘चिन्ताजनक’ भनेका छन् । ‘कालापानीबारे नेपालले जे कुरा भनिरहेको छ, यो चिन्ताजनक छ । भारतको जुन हिस्सा छ, त्यो भारतकै रहन्छ,’ रावतले भने ।

नेपालका प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन आग्रह गरेको दुई दिनपछि भारतीय नेता रावतले यस्तो प्रतिक्रिया दिएका हुन् । भारतीय चर्चित पत्रिका अमर उजालाले रावतको अभिव्यक्तिबारे समाचार बनाएको हो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको समाचार बनाएको भोलिपल्ट त्यस पत्रिकाले रावतको प्रतिक्रियालाई समेटेको हो । उक्त पत्रिका स्वयंले पनि कालापानी क्षेत्रलाई नेपालले ‘दावी’ गरेको जनाएको छ । साथै कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लामा रहेको उक्त पत्रिकाको जिकिर छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…