बच्चा लाइ दादुराको खोप नलगाउने परिवारलाई ३ लाख सम्म जरिवाना गराउने सरकारको निर्णय

मंसिर २, काठमाडौं । जर्मनी सरकारले हालै सार्बजनिक गरेको  नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य लगाउनु पर्ने निर्णय गरेको छ । यस्तो नगर्ने परिवारको आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार नेपालि  रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्डरगार्टनमा भर्ना गर्नु अघि दादुराको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने हुन्छ । दादुराबाट बच्नका लागि दुई पटक खोप लगाउनुपर्छ ।

दादुरा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा हावामार्फत् फैलन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सीएनएनसँगको कुराकानीमा स्वास्थ्यकर्मी, डेकेयर वर्कर, शिक्षक र श्रमिकले पनि यो नियम अनुसार खोप लगाउनुपर्छ । यो नियम सन् २०२० मा लागू हुँदैछ ।

दादुरा दुषित सतह छुँदा पनि फैलन्छ । दादुरा आउँदा ज्वरो आउने, खोकी लाग्ने, पातलो सिँगान बग्ने, आँखा रसिलो हुने र शरीरमा रातो दाग देख्न थाल्छ । स्वास्थ्य मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरबीच दादुराका ५०१ घटना सार्वजनिक भए । नयाँ कानून अनुसार आमा–बुवाले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

मन्त्रालयका अनुसार खोप नलगाइएका बालबालिकामाथि जरिवाना लगाइनेछ । साथै, स्कूलबाट निकालिनेछ । युनिसेफका अनुसार सन् २०१८ मा संसारभरी लगभग तीन लाख ५० हजार दादुराका घटना दर्ता भएका छन् । यो आँकडा सन् २०१७ को तुलनामा दोब्बर हो । विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशत जनसंख्यालाई दादुराको खोप लगाउन आवश्यक छ ।

इटलीमा पनि मार्चदेखि खोप अनिवार्य गरिएको छ । प्रशासनले यदि बच्चालाई खोप लगाइएको छैन भने स्कूल नपठाउन चेतावनी दिएको थियो । यदि खोप नलगाइएका बालबालिका स्कूलमा भेटिए उनीहरुका आमा–बुवालाई ५ सय युरो ९करिब ६३ हजार रुपैयाँ० जरिवाना तिर्नुपर्नेछ । एजेन्सी

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…