रातो र चन्द्र सुर्य गीतमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र (भिडियोसहित )

काठमान्डौ, पूर्वराजा ज्ञानेन्द्र तथा उनका परिवार अचेल निकै खुलेर हिड्ने गरेको र क्लब हरुमा जाने गरेको पाइएको छ केहि समय अहादी पारस शाह र उनका छोरीहरु क्लब गएको भिडियो तथा फोटो हरु सार्बजनिक भएको थियो अहिले चाइ ज्ञानेन्द्र हिमानी र उनका केहि आफन्त हरु खुलेर नै घुमेको देखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले एक नाइटक्लवमा खुलेर नाचेको भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ । पूर्वराजा परिवारसहित ठमेलको एक नाइट क्लवमा पुगेर रमाएका थिए । सोही नाइट क्लवले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेका तस्वीर र भिडियो चर्चामा आएका हुन् । पूर्वराजा परिवारका सदस्यसहित लर्ड अफ ड्रिंक्स (एलओडी) नामक नाइट क्लबमा पुगेका थिए ।

सार्वजनिक भएको भिडियोमा उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । भिडियोमा पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु रमाइरहेका देखिन्छन् ।

कमल थापाले गरे प्रशंसा
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो ट्वीटरमा शेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक – राजसंस्था ।’ भिडियोमा हेर्नुहोस :

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…