यी हुन् संसारका सबै भन्दा सुन्दरी जासुस जसले आफ्नो सुन्दरताले मानिस हरुलाई फसाउछन

एजेन्सी, जासुसहरु लाइ हामिएल छिन्न निकै गार्हो हुन्छ दैनिक भेस बदलेर र तपाइकै साथि जस्ता बनेर मानिसहरुलाई जासुसी गरिरहेका हुन्छन त्यसैले सधै सतर्क हुनु पर्दछ बिसेष गरि महिलाहरु चाइ  निकै सुन्दर हुने गर्छन र पुरुष हरु सजिलै फस्ने गर्छन ।जासुसहरु अपत्यारिलो हुन्छन् । उनीहरु भेष बदल्ने मात्र नभई आश्चर्यजनक तरिकाले काम गर्छन् । जस्तोसुकै परिस्थितिमा पनि भित्रि कुरा बाहिर निकाल्न समक्ष हुन्छन् । जासुसीका बारेमा संसारमा धेरै फिल्महरु पनि बनेका छन् । संसारमा त्यस्ता खतरनाक महिला जासुसहरु पनि रहेका थिए र आजपनि छन, जसको बारेमा कमैलाई मात्र थाहा छ ।

डबल एजेन्ट ‘माता हारी’
मार्गेथा गीरत्रुइदा म्याकलियोडलाई मानिसहरु ‘माता हारी’को नाममा चिन्छन् । माता हारी एक कामुक नृत्यांगना थिइन् । जसको प्रथम विश्वयुद्धमा जासूसी गरेको आरोपमा गो’ली हानी ह’त्या भयो । सन् १९३१ मा माता हारीको जीवन कहानीमा आधारित हलिउड फिल्म बन्यो । जसमा ग्रेटा गर्बो मुख्य भूमिकामा थिइन् ।
मार्गेथाको जन्मको होल्याण्डमा भएको थियो र विवाह एक फौजी क्याप्टेनसँग भयो । तर, एक खराब सम्बन्धका कारण मार्गेथाले आफ्नो बच्चा समेत गुमाएकी थिइन् ।

सन् १९०५ मा मार्गेथाले आफैंलाई ‘माता हारी’को पहिचान दिइन् । र, इटलीको मिलानस्थित ला स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगना बनेर स्थापित भएकी थिइन् ।चर्चा कमाएसकेकी मार्गेथा आफ्नो पेसाका कारण जीवन जिउन गाह्रो भएन ।यसकारण जर्मनीले प्रथम विश्वयुद्धको क्रममा माता हारी जर्मनीको जासूस बनिन् ।
माता हारीले कसैले मारिनन् तर उनको जासूसीको कारण लगभग ५० हजार फ्रान्सेली सैनिकको मृ’त्यु भयो ।त्यसपछि फ्रान्सलाई उनीमाथि शंका लाग्न थाल्यो । सन् १९१७ फेब्रुअरीमा उनलाई पेरिसबाट गिरफ्तारी गरियो र अक्टोबरमा उनलाई गो’ली हानी मारियो । उनको मृ’त्युको सय वर्षपछि अपराधबारे बहस सुरु हुन थालेको छ ।

शार्लेट कोर्डी
शार्लेटको पूरा नाम म्यारी एन शार्लेट डी कोर्डी थियो । उनी फ्रान्सको क्रान्तिको हिस्सा बनिन् । फ्रान्सको क्रान्तिमा हिंसा नचाहने शार्लेटले आफ्नो विपक्षी ज्याकोबिन समूहका नेता जीन पोल म्याराटको ह’त्या गरिदिइन् ।सन् १७९३ जुलाईमा शार्लेटले म्याराटलाई च’क्कु प्रहार गरिन् जब उनी बाथटबमा नुहाइरहेका थिए । ह’त्याको आरोपमा उनलाई पक्राउ गर्दा शार्लेटले देशकै निम्ती आफूले त्यस कदम चालेको बताएकी थिइन् ।उनले दावी गरिन् कि उक्त एक ह’त्याले हजारौं मानिसहरुको ज्यान बच्यो । तर, त्यसको चार दिनपछि उनले सजाय पाइन् ।
शी जिआनकिआओ
जासूस आफ्नो उपनाम राख्न मन पराउँछन् । यस तथ्यलाई यथार्थमा बदल्दै शी ले जासूसी संसारमा शी जिआनकिआओ राखिन् ।जिआनकिआओ आफ्नो पिताको ह’त्याको बदला लिनकै लागि जासूसी बनिन् । उनको ह’त्या चीनका नेता सुन चुआंगफांगले सन् १९२५ मा गरेका थिए ।१० वर्षपछि जिआनकिआओले चुआंगफांगको शिरमा गो’ली हानिन् जब उनी एक बौद्ध मन्दिरमा पूजा गरिरहेका थिए । यस ह’त्या गरेपछि भाग्नुको सट्टा उनी घटनास्थलमा रोकिएर आफ्नो अपराध स्वीकारिन् ।सन् १९७९ मा उनको निधन भयो ।

ब्रिगित मोअनहोप्ट
एक समय जर्मनीको सबैभन्दा शक्तिशाली महिला मानिएकी ब्रिगित मोअनहोप्ट रेड आर्मी फंशनकी सदस्य थिइन् । ब्रिगित सन् १९७७ मा जर्मनीको एक आतं’कवादी गतिविधिमा संलग्न भइन् , ७० को दशकमा पश्चिम जर्मनीको एक वाम चरमपन्थी समूहद्वारा एकपछि अर्को हाइज्याक, ह’त्या र बम धमाका भए । विमान हाइज्याकसँगै लगभग ३० जनाको ह’त्या उक्त समूहले र्गयो । यस अपराध पश्चिम जर्मनीमा पूँजीवाद सखाप पार्ने नाममा गरिएको थियो । सन् १९८२ मा अपराधमा सामेल भएको कारण मोअनहोप्ट समातिइन् । उनलाई पाँच वर्षको जेल सजाय सुनाइयो । यसबाहेक उनलाई अन्य नौ ह’त्याको मामिलामा १५ वर्ष जेल सजाय दिइयो ।
मोअनहोप्टले कहिल्यै पनि आफ्नो अपराध स्वीकार गरिनन् । सन् २००७ मा उनी जेलबाट बाहिर आइन् । उनी अहिलेसम्म पनि जीवितै छिन् । –एजेन्सीको सहयोगमा

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…