महिला भलिबलमा नेपालले जित्यो ऐतिहासिक उपाधि

महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि मिलेको छ आज बंगलादेशमा भएको महिला भलिबल को फाइनलमा माल्दिव्स लाइ ३-० को सोझो सेटमा हराउदै नेपालि महिला भलिबल टिमले ऐतिहासिक उपाधि जितेको हो ।

समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो ।

सहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध २५–१३, २५–१२ र २५–८ ले जितेर उपाधि उचालेको हो । १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण छ ।

कप्तानको रुपमा अरुणा शाहीको पहिलो प्रतियोगितामा पहिलो उपाधि भएको छ । अघिकांश युवा र कम अनुभवी खेलाडीको बाहुल्यकाबीच नेपाली खेलाडीले आत्मविश्वाश बंगलादेशमा प्रशंसनीय देखिएको थियो ।

नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई पराजित गरेको हो । सबै खेलमा नेपालले सोझो सेटको विजय हासिल गरेको हो ।

नेपाली महिला टोलीले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । त्यस प्रतियोगितामा काश्य जितेको नेपालले दक्षिण एसियाली खेलकुदमा ३ काश्य जितिसकेको छ ।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…