एउटै फिल्ममा काम गरिरहेका अक्षय कुमार र रोहित शेट्टीको भयो लडाई भिडियो बाहिरियो

मुम्बई,  फिल्म सुटिंगको दौरान धेरै झगडा तथा लडाई हुने त् हामीले सुनेकै हौ तर अहिले बलिउड जगतमा एउटा झगडाको भिडियोले बजार तताएको छ उक्त भिडियो हो सुनिल सेठ्ठी र अक्षय कुमारको सामाजिक संजाल मा अक्षय कुमार आफैले सेयर गरेको उक्त भिडियोमा उनीहरु लडेको देख्न सकिन्छ ।

बलिवुड अभिनेता अक्षयकुमार अहिले नयाँ फिल्म सुर्यबंशीको शुटिंगमा व्यस्त रहेका छन् । फिल्मलाई चर्चित निर्देशक रोहित शेट्टीले निर्देशन गरेका छन् । फिल्ममा अक्षयसँग अभिनेत्री कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन् । मंगलबार अक्षय र निर्देशक रोहित भिडेको एक भिडियो अक्षयकुमार आफैले सार्वजनिक गरेका छन् । जुन सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ ।

भिडियोमा दुवै जना एक अर्काविरुद्ध जाई लागेका छन् र उनीहरुको बचाउमा प्रहरीसमेत आएको देखाइएको छ । खासमा यस्तो भिडियो जारी गर्नुमा मिडियामा निर्देशक रोहित र अभिनेता अक्षयकुमारबीच फिल्मको स्क्रिप्टको विषयमा झगडा भएको भन्ने रिपोर्ट आएपछि सो रिपोर्टलाई काउन्टर दिन दुवैले आफुहरु लडेको भिडियो बनाएर सामाजिक संजालमा पोष्ट गरेका हुन् ।

भिडियो बनाउन अभिनेत्री कट्रिना कैफले समेत साथ दिएकी छन् । कट्रिनाले मिडिया रिपोर्टको क्लिप देखाउना साथ अक्षय र रोहित एक अर्कामाथि जाइलागेको र उनीहरुको बचाउमा प्रहरीसहित अन्य मानिसहरु आएको देखाइएको छ । अक्षयले सो भिडियो सार्वजनिक गर्दै ‘ब्रेकिङ न्युज- एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ’ भन्दै सो भिडियो पोस्ट गरेका छन् ।

विषय जे भएपनि फिल्म निर्माणकै क्रममा फिल्मले भने राम्रो पब्लिसिटी पाएको छ । फिल्मलाई करण जोहर र रोहित शेट्टीले निर्माण गरेका हुन् । फिल्म आगामी मार्च २७ मा रिलिज हुदै छ । फिल्मको एक सिनमा अजय देवगन र रणवीर सिंह समेत देखिदै छन् ।

 

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…