नेपाल भारत सिमानामा पुगेर प्रमोद खरेलले लेखे एस्तो

काठमान्डौ, गायक प्रमोद खरेल सामाजिक बिसयमा धेरै कुरा हरु सामाजिक संजालमा लेखिरहन्छन उनि नेपालि क्रिकेटका पनि निकै ठुला फ्यान हुन् उनले नेपाल को सबै जसो क्रिकेट खेल हरु लाइ फलो गरिरहेका हुन्छन र अहिले नेपाल र भारत बीच सिमा विवाद चलिरहदा उनले सिमानामा गएर जंगे पिल्लर संग फोटो खिची फेसबुक मा साझा गरेका छन् ।

गायक प्रमोद खरेल नेपाल भारत सिमानामा पुगेका छन् । कैलाली जिल्लाको दक्षिण धनगढी नजिक पुगेर तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ‘सुदूरपश्चिम दार्चुला उत्तर कालापानी रोइरहँदा दक्षिण धनगढी नजिक सिमानामा हिजो पुग्दा तस्बिर लिन मन लाग्यो। राज्य र हामी जनता निरीह भइरहने हो भने के थाहा अर्को पटक यो स्तम्भ यहीँ रहला या नरहला ।’

उनले लेखेका शब्दले निकै गहिरो भाव बोकेको छ। राज्य संयन्त्र फितलो भइदिँदा नै नेपालले धेरै भूभाग गुमाएको छ। अव यस्तै अवस्था रहने हो भने भोलि नेपालले अझ कति जमिन गुमाउने हो ? त्यसको आकलन गर्नसमेत सकिन्न। प्रमोद यस्तो लेख्ने प्रतिनिधि पात्र मात्र हुन्। जनता र राज्य संयन्त्र दरिलो हुन नसके प्रमोदले भने जस्तो के थाहा भोलि धनगढीको सिमाना पनि मिचिने हो कि ?

 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…