भारतबिरुद्धको आन्दोलनलाइ भारतीय मिडियाहरु चिन तर्फ मोड्ने प्रयासमा

काठमाडौं। नेपालमा गत हप्तादेखि भइरहेको भारतबिरुद्धको आन्दोलनलाइ भारतीय मिडियाहरु चिन तर्फ मोड्ने प्रयास गरिरहेका छन्। नेपालीहरुले भारत बिरुद्ध नभई चिन बिरुद्ध आन्दोलन गरिरहेको भन्दै प्रमुखताका साथ समाचार छापिरहेका छन्।

नेपालका विभिन्न स्थानमा भारतको विरोधमा आन्दोलन भइरहेका छन् । भारतले जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय सीमाभित्र देखाइएपछि नेपालीहरु गो ब्याक इण्डिया नारासहित आन्दोलनमा छन् । तर, यी कुनै पनि गतिविधि भारतीय मिडियामा प्राथमिकताको समाचार बनेनन् ।

अहिले भारतले नेपालका नगण्य रुपमा सोमबार देखिएको चीनविरोधी घटनालाई निकै प्राथमिकताका साथ प्रकाशित गरेको छ । भारतीय मिडिया आज तकले नेपालीहरु चीनविरुद्ध सडकमा उत्रिएको र चिनिया राष्ट्रपति सी जिनफिङको पुत्ला जलाएको भन्दै समाचार प्रकाशित गरेको छ । आज तकको यो समाचारलाई नेपालमा जारी भारतविरोधी आन्दोलनलाई चीनतर्फ मोडेर भारतलाई चोख्याउने प्रयासको रुपमा बुझिएको छ ।

समाचारमा आज तकले चीनले नेपालको सीमा मिचेको उल्लेख गरेको छ । सप्तरी, बर्दिया, कपिलवस्तुमा नेपालीहरुले चीनको विरोध गरेको समाचारमा उल्लेख छ । संखुवासभा, रसुवा, सिन्धुपाल्चोर र हुम्लामा गरी चीनले केही हेक्टर जमिन अतिक्रमण गरेको उल्लेख छ । चीनको महत्वाकांक्षी सडक परियोजनाका क्रममा नेपालको भूमि अतिक्रमण भएको माचारमा उललेख छ ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…