पश्चिमाहरुको जाशुशी गरेको संका लागेपछि सचिवालय र सल्लाहकार टिम नै बिदा गरे ओलीले

प्रधानमन्त्रि केपी शर्मा ओलीले आफ्नो सल्लाहकार र सचिवालयका पुरै टिम फेरवदल गर्न लागेका छन्। आफ्नो आसपासमै रहेर विदेशीको जशुशी गर्न लागेको संका लागेपछि प्रधानमन्त्रिले उक्त कदम उठाएको समाचार आजको राष्ट्रिय साप्ताहिकमा उल्लेख छ।  विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गरेको बताइन्छ ।

गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नो वरिवरि विदेशीको सुराकी भएको सङ्केत पाएका हुन् । कार्यक्षमता र कार्यशैलीसमेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको आरोप पनि सत्तारुढ पार्टीबाटै लाग्न थालेको थियो ।

ओलीको लोकप्रियता ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय र सल्लाहकार टोली नै जिम्मेवार रहेको ठानिन्छ । त्यसैले गत साता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार र सचिवालय सदस्यहरुले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको वरिपरि रहेनहरुमा ट्रेड युनियन नेता विष्णु रिमाल, डा. कुन्दन अर्याल, राजन भट्टराई, रामशरण बजगाईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अली हुन् । यो खबर आजको घटना र विचार राष्ट्रिय साप्ताहिकमा प्रकाशित छ ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…