जाडो मौसममा रायोको साग खानु फाइदै फाइदा

रायोको सागसँग जो कोही परिचित हुन्छन् । साग नरुचाउने सायदै नहोलान् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो।

जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ।

के के फाइदा हुन्छ ?

  • रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न याे अत्यन्त उपयोगी हुन्छ।
  • यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ।
  • रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ।
  • जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।
  • रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ।
  • रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…