भूमि रक्षाका लागि सबै तयार बनौं, नेपालको एक इन्च भूमि पनि छाड्नु हुन्न : राजपा अध्यक्ष

काठमाडौं, २४ कात्तिक । भारतले नेपालको भूभाग सहित सार्वजनिक गरेको राजनैतिक नक्साको विरुद्धमा पहिलो पटक राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र रायले आफ्नो भनाइ राखेका छन्। यादवले लिपुलेक, कालापानी नेपालकै भू-भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताएका हुन ।

उहाँले नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको चर्चा गर्दै अहिले मुलुकमा बलियो सरकार रहेको र सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको बताउनुभयो । विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालीन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ ।

आइतबार काठमाडौंमा आयोजित अन्र्तक्रियामा नेता यादवले नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै ती भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको गुनासो गर्नुभयो । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिनुभयो । ‘नेपालको एक ईन्चपनि भूमि हामी छोड्दैनौं’-यादवले भन्नुभयो,‘देशको भूमि रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भीरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि बताउनुभयो । उहाँले अगाडि भन्नुभयो,‘यो सरकारलाई अवसर र चूनौती दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदैपनि सरकारले केही गर्न सकेन भनेर हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’

यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने बताउँदै भन्नुभयो ,‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन् । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ । यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ । आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ । बरु, वार्ताबाट समाधान गर्नुपर्छ ।’

नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…