सर्वदलीय बैठकको सुझाव : सीमा अतिक्रमणबारे भारतीय प्रधानमन्त्रि मोदीसंग सिधै कुरा गरौँ

काठमाडौं : नेपालको भूभाग मिचेर भारतले आफ्नो राजनैतिक नक्सा सार्वजनिक गरेपछि उत्पन्न सिमा विवाद समाधान गर्न भन्दै प्रधानमन्त्रि केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकले राजनीतिक तहबाटै समस्याको समाधान गर्न सुझाव दिएको छ।

भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको सबैदलीय बैठकमा सहभागी भएका नेताले यस्तो सुझाव दिएका हुन्।

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए।

‘परराष्ट्रसचिवको बैठकको अर्थ छैन’, बैठकमा भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीलाई नै सम्पर्क गरेर राजनैतिक आयोग बनाएर समाधान गर्नुपर्छ। सीमा विवादको समाधान राजनीतिक तहबाटै गर्नुपर्छ।’

बाबुरामले राष्ट्रियताको सवालमा सबै दल एकमत हुनुपर्नेमा समेत जोड दिए। उनले सुरुका नक्सा, २०१५ सालको चुनाव र २०१८ सालको जनगणनालाई आधार बनाएर समाधान खोज्नुपर्नेमा पनि जोड दिए।

‘व्यवस्था फरक हुँदा मान्छेका धारणा पनि फरक हुन्थे। अहिले सबैभन्दा दल एकै ठाउँमा हुनुपर्छ’, उनले भने, ‘राष्ट्रियताका सवालमा सबैको एक मत हुुुनुपर्छ। हाम्रा पक्षबाट प्रमाण बलियो बनाउनुपर्छ। सुरुका नक्सा, २०१५ सालको चुनाव। २०१८ सालको जनगणना। ईपीजीबाटै निकास दिनुपर्छ।’

त्यसैगरी सीमा विवादको विषयमा भारतीय राजदूतको धारणा बुझ्नुपर्ने सुझाव राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले दिए। ‘सीमा विवाद लिम्पियाधुरा, लिपुलेक नेपालको भन्नेमा विवाद छैन’, उनले भने, ‘यसमा भारतीय राजदूतको धारणा बुझ्नुपर्छ।’

सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भूमि रक्षाका लागि प्रतिवद्ध हुनुपर्नेमा जोड दिए। उनले परराष्ट्र सचिवको बैठक बोलाउनुपर्ने बताए।

‘भारतको नक्सामा समेटिएको क्षेत्र नेपालको भूमी भन्नेमा विवाद छैन। भूमी रक्षाका लागि नेपाल प्रतिवद्ध हुनुपर्छ’, थापाले भने, ‘जनगणना, अमिन सबै प्रमाण छन्। परराष्ट्र सचिवको बैठक बोलाउनुपरो। त्यहाँ गम्भीर छलफल हुनुपर्छ।’

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…