लिम्पियाधुराको जनगणना २०१८ मा स्वयं म आफैले गरेको हुँ, त्यो कसरी भारतको भयो ?’

काठमाडौं :  भारतले नेपाली भूमिलाई आफ्नो भन्दै नक्सांकन गरेपनि त्यसको विरोधमा देशभर नाराजुलुस भैरहेको छ। भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भूमिमा राखेको भन्दै विरोध भइराखेको हो। यी भूमि नेपालकै रहेका विभिन्न प्रमाण छन्। वरिष्ठ पत्रकार भैरव रिसालले २०१८ मा लिम्पियाधुराको जनगणना आफैले गरेका छन्।

२०१८ सालमा व्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर र छाँगरु गाउँको जनगणना गरिएको थियो। जनगणना खटिएका तत्कालीन अधिकृत एवं अग्रज पत्रकार भैरव रिसालले त्यसबेला त्यहाँको जनगणना गरेको थिए।

नेपाल सरकारले २००९ सालमा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो। २०११ को जनगणनाले व्यास गर्खाका ६ ओटा गाउँको घरधुरी संख्या ४ सय ३४ तथा कूल जनसंख्या १ सय ८१६ देखाएको छ।

हालको दार्चुला तत्कालीन बैतडी जिल्लाअन्तर्गत थियो। बैतडीअन्तर्गतको तत्कालीन व्यास गर्खा (दरा)मा ६ ओटा गाउँहरू थिए। आफ्नो मातहतमा त्यहा जनगणना भएको उनले बताउँदै आएका छन्। ऋषिराज द्धिवेदीसहितका गणकले त्यो क्षेत्रको जनगणना गरेको रिसालले बताए।

‘जनगणना गर्दा भारतले केही गरेन भनेर सोध्छन, ’ उनले भने, ‘पिथौरागढको गरेको भएको केही गथ्र्यो, आफ्नो देशको जनगणना गर्दा उसले के गर्न सक्थ्यो र।’

अग्रज पत्रकार रिसालले यो विवाद भारत चीन युद्धपछि मात्रै नेपालकै कमजोरीले आएको बताउँछन्। उनका अनुसार सुगौली सन्धिपछि लिम्पियाधुरा क्षेत्रका जनताले नेपालमा नै तिरे तिर्ने गरेका थिए।

रिसालका अनुसार २०१८ सालसम्म त्यो लिम्पियाधुरा क्षेत्रसमेत नेपालकै अधिन थियो। ‘सन् १९६२ (विस २०१९) भन्दा अघि यो क्षेत्र र्निविवाद थियो’, उनले भने,‘भारत चीन युद्धपछि मात्रै विवाद भएको हो।’

उनले नेपाल सीमा सुरक्षा गर्न नसकेको कारण भारतले अतिक्रमण गर्न पाएको बताए। ‘कालापानीमा लगेर सुरक्षाकर्मी राखेको भएर कहाँ उसले अतिक्रमण गर्न पाउँथ्यो ?,’ उनले प्रश्न गर्दै भने, ‘त्यहाँ सीतापुरसम्म राखेको छ, त्यो त्यहाँ ६ महिना मात्रै सुरक्षाकर्मी बस्छन्।’

नेपालले नहेरेकै कारण त्यो भूभाग भारतले कब्जा गर्न पाएको उनको ठहर छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…