भारतीय नेताको आरोप : दिल्लीमा प्रदुषण गराउन चिन र पाकिस्तानले विषालु ग्यास छाडेका छन्

एजेन्सी । भारतीय नेताहरु आफ्नो देशको लाज छोप्ने कति सम्म निकृष्टत भाषा प्रयोग गर्ने भने भर्खरै भारतको दिल्ली र त्यसको वरपर क्षेत्रमा देखिइरहेको प्रदुषण चिन र पाकिस्तानले विषालु ग्यास प्रयोग गरिदिएको बताएका छन्।

भाजपाका एक नेताले पाकिस्तान र चीनले  भारतमावातावरण प्रदुषण गराएको बताए। उनले दुईमध्ये कुनै छिमेकीले भारततर्फ विषालु ग्यास छाडेको पनि आरोप लगाए ।

‘जुन विषालु ग्यास आइरहेको छ । यो हामीसँग भयभित कुनै छेउका देशले छोडिरहेको हुनसक्छ । मलाई लाग्छ पाकिस्तान र चीन हामीसँग भयभित छन् ,’ भाजपा नेता विनीत अग्रवाल शारदाले भने ।

‘पाकिस्तानले कुनै विषालु ग्यास छाडे नछाडेको सम्बन्धमा हामीले गम्भीरताका साथ सोच्नुपर्छ,’ उनले थपे ।

विनितले पाकिस्तान मोदी र अमित शाहले सरकारको कमान सम्हालेदेखि दुःखी रहेको र त्यस कारणले भारतविरुद्ध सबै खालको रणनीति प्रयोग गरिरहेको बताए ।

‘भारतसँगका सबै युद्धमा पाकिस्तानले हार बेहोरेको छ । नरेन्द्र मोदी र अमित शाह आएदेखि त पाकिस्तान हैरान छ,’ उनले भने ।

विनितले पराल जलाउने कार्यले प्रदुषण गराएको भनेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आलोचना गरेका छन् ।

‘दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालजस्ता मानिस पराल जलाएर वा औद्योगिक उत्सर्जनबाट प्रदुषण भएको बताइरहेका छन् । किसान हाम्रो देशका मेरुदण्ड हुन् । किसान र उद्योगहरुलाई दोष लगाउनु हुँदैन ।’

भाजपा नेता शारदाले मोदी र शाहलाई महाभारतको कृष्ण र अर्जुनसँग तुलना गर्दै दुई नेता जुनसुकै समस्याको समाधानको लागि सक्षम भएको बताए ।

‘यो कृष्ण र अर्जुनको समय हो । कृष्णका रुपमा मोदी र अर्जुनका रुपमा शाहले सबै सम्हाल्नेछन्,’ उनले भने ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…