नेपालको भुमी कब्जा हुँदा बिदेशिको हस्त’क्षेपमा सरकार मौन बस्नु लाचारिपन : कमल थापा

दाङ। राप्रपाका अध्यक्ष कमल थापाले नेपालको भुमी भारतले  कब्जा गर्दा बिदेशिको हस्तक्षेपमा सरकार मौन बस्नु लाचारिपन भएको बताए। कालापानी,  लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग अभिभाज्य भुमी भएको भन्दै भारतले जारी गरेको नक्सा अस्वीकार्य भएको बताएका छन्।

दाङको तुलसीपुरमा चुनावी सभालाई सम्बोधन गर्दै थापाले सरकारले तुरुन्तै कुटनितिक पहल गरी समस्याको हल खोज्न सरकारलाई सुझाब दिए। नेपालको भुमी भारतले कब्जा गर्दा सरकार मौन बस्नु उचित नहुने थापाको भनाइ थियो।

नेपालको भुमी कब्जा गर्ने कार्य आपत्तिजनक भएको भन्दै उनले बिदेशिको हस्तक्षेपमा सरकार मौन बस्न नमिल्ने भन्दै लाचारिपन र आत्मसमर्पणबादी मानसिकताले मुलुकको स्वाधिनताको रक्षा हुन नसक्ने ठोकुवा गरे।

राष्ट्रियताको मुद्दा बोकेर दुई तिहाई बहुमत प्राप्त गर्ने सरकार बिदेशि हस्तक्षेपका सामु निरिह,लाचार र कमजोर हुनु दुर्भाग्यपूर्ण भएको भन्दै स्वाधिनताको रक्षाका खातिर कसै सङ्ग सम्झौता हुन नसक्ने बिचार ब्यक्त गरे। निकै आक्रामक शैलिमा प्रस्तुत भएका थापाले बिप्लब माओवादीलाई सरकारले बार्तामा बोलायर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

अब मुलुकले हत्या- हिंसाको चक्र सहन नसक्ने भन्दै नेकपाले यो पक्षलाई गम्भीरतापुर्बक मनन गर्न आबश्यक भेको बिचार ब्यक्त गरे । धर्म, संस्कृती मासेर कुनै पनि मुलुकले प्रगती गर्न नसक्ने भन्दै थापाले धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्द तर्फ मुलुक जान सक्ने भन्दै चिन्ता ब्यक्त गरे।

काङ्ग्रेस कम्युनिस्टको असफलतालाई सबक सिकाउनको निमित्त आगामी उपनिर्बाचनमा राप्रपालाई सघाउन थापाले जनता समक्ष आग्रह गरे। कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रेम बहादुर भण्डारी , महामन्त्री डा.धवलशमसेर राणा, प्रदेश -५ अध्यक्ष प्रदिप उदय, मिना स्वर्णकार र प्रदेश उम्मेदवार भुपाल रावतले बोलेका थिए।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…