भारतले सार्वजनिक गरेको नक्साको बिरोधमा घोराहीमा विद्यार्थीहरुको प्रर्दशन

हिमाली पत्रिका

घोराही । भारतले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेर बनाएको नयाँ नक्साको बिरोधमा दाङका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु दाङको आयोजनामा विद्यार्थीहरुले घोराहीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा सहभागि विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, भारतीय हस्तक्षप बन्द गर, राष्ट्रियताको रक्षा गरौं लगायतका नारा लगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु दाङका विधार्थीहरु तुलसीपुर चोक घोराहीमा प्रदर्शन गर्दो। फोटो : हिमाली पत्रिका

विरोध प्रदर्शन पछि तुलसीपुरचोकमा आयोजित कोणसभालाई संवोधन गर्दै अनेरास्ववियुका पूर्व केन्द्रीय नेता एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठले भारतीय हस्तक्षपको विरुद्ध सबै लाग्नुपर्ने बताए । उनले भारतीय हस्तक्षपको सडक, सदन र सरकारबाट विरोध गरिने जानकारी दिए । श्रेष्ठले भारतीय हस्तक्षपको विरुद्ध युवाहरुले सशक्त प्रतिरोध आन्दोलन गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेकपा घोराही १५ का अध्यक्ष राजकुमार अधिकारी, साविकको अनेरास्ववियुका सचिव विराज डिसी, बसन्त भण्डारी, डिभाइड शर्मा, संगित अधिकारी लगायतले संवोधन गरेका थिए ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…