भारतिय क्रिकेटका बादशाह सचिन तेन्दुलकर नेपाल आउदै

क्रिकेटका भगवानको रुपमा सबैले चिनेका भारतीय किर्केटर सचिन तेन्दुलकर नेपाल आउने भएका छन् उनि यही आउने महिनाको अन्तिम तिर नेपाल आउने भएका हुन् ।

तेन्दुलकर युनिसेफको दुतको रुपमा नेपाल आउन लागेको सेतोपाटिले लेखेको छ। केहि वर्ष अघि खान पनि युनिसेफको कार्यक्रमको दौरान नेपाल आएका थिए।तेन्दुलकर नोभेम्बर १६ मा आउने सम्भावना प्रवल रहेको छ। यदी त्यो मितिमा सम्भव नभए नोभेम्बर २० वा २२ तारिखमा उनि आउने कुराकानी भइरहेको छ।नेपालमा सचिनले पोषण सम्बन्धि कार्यक्रममा सहभागी हुने बताईएको छ। यस अघि यही कार्यक्रमको दौरान सचिन भुटान पनि पुगेका थिए।नेपालमा यस अघि महेन्द्र सिंह धोनी, भीभीएस लक्ष्मण, अजय जडेजा , कपिल देव, सुनिल गावस्कर जस्ता क्रिकेटर आइसकेका छन्।

सचिन युनिसेफको कार्यक्रमको दौरान भुटान पनि पुगेका थिए
सचिन नेपाल आउदा नेपाली टिम इमर्जिङ्ग टिम्स कप खेल्न बंगलादेशमा हुनेछन् भने कप्तान पारस खड्का र सन्दिप लामिछाने टि-१० लिग खेल्न युएईमा हुनेछन्। तसर्थ नेपाल आउदा सचिनसंग नेपाली टिमले भेट्न पाउने छैन।

मास्टर ब्लास्टर सचिन तेन्दुलकर अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन् जसको नाममा विश्व क्रिकेटका ठुला रेकर्डहरु रहेका छन्। एक दिवसीय र टेस्ट क्रिकेटमा क्रमसः १८ हजार ४ सय २६ र १५ हजार ९ सय २१ रन बनाएका तेन्दुलकर दुवै फर्म्याटमा धेरै रन बनाउने खेलाडी हुन्। यस्तै सचिनले एकदिवसीयमा ४९ र टेस्टमा ५१ गरि कुल १०० शतक बनाएका छन् जुन दुवै फर्म्याटमा र समग्रमा सबैभन्दा धेरै शतक हो।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…