नगर प्रमुखमा पराजित बिष्णु प्रसाईलाई प्रधानमन्त्री ओलीले बनाइदिए “प्रदेश प्रमुख”

काठमाडौँ । नगरपालिका प्रमुख बन्नकालागि जनताले नपत्याएका तत्कालिन नेकपा एमालेका बिष्णु प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रमुख बनाइदिएका छन्। झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत प्रसाईलाई प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखमा चयन गरेका हुन।

प्रसाईलाई प्रदेश प्रमुख बनाउन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीबाट निर्णय गराएका हुन्। राजनीतिमा आफू संगसँगै जस्तै लागेका प्रसाईलाई ओलीले न्याय दिएको झापाका नेकपा वृत्तमा चर्चा छ।

मेयरमा कांग्रेसका आचार्यले २० हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याएका थिए। मेयर चुनावमा तेस्रो स्थानमा आएका नेकपा माओवादी केन्द्रका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल़्याएका थिए। राजनैतिक पद देखि नियुक्तीमा झापालाई विशेष स्थान दिदै आएका ओलीले प्रदेश प्रमुखमा प्रसाईलाई ल्याएको घटनाले ओलीको झापा मोहलाई दर्साएको छ।

यसैगरि नेकपाको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, डलेल्धुराका गोबिन्द कलौनी, काठमाडौका शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ।

सचिवालयले टुंगाएका ७ जनामा ३ जना पूर्व माओवादी ४ जना एमालेको भागमा परेका छ्न्। विष्णु प्रसाई, सोमनाथ प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमाले निकट हुन भने शेरचन, परियार र त्रिपाठी माओवादी पृष्ठभूमिका हुन्। सत्तारुढ दल समाजवादीले पनि एकजना प्रदेश प्रमुख दावी गरेपनि नेकपाले उसलाई भाग लगाएन।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…