प्रेस संगठन दाङले प्रचण्डसंग पत्रकार भेटघाट गर्ने

घोराही । प्रेस संगठन दाङले पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधवार पत्रकार भेटघाट गर्ने भएको छ ।
बुधवार विहान ८ बजे घोराहीमा प्रचण्डसँग पत्रकार भेटघाट आयोजना गरिएको संगठनले जनाएको छ ।
नेकपा दाङले तुलसीपुरमा आयोजना गर्न थालेको बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रचण्ड मंगलवार बेलुकी दाङ आउँदै हुनुहुन्छ । प्रशिक्षण कार्यक्रममा पार्टी महासचिव विष्णु पौडेल पनि आउँदै हुनुहुन्छ ।

यसैबीच प्रेस संगठन दाङको कार्यदल बैठक आज घोराहीमा सम्पन्न भएको छ । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख शरद अधिकारीको प्रमुख आतिथ्यता एवम् प्रचार विभाग उपप्रमुख आजाद खड्काको विशिष्टि आतिथ्यतामा बैठक बसेको थियो ।
प्रेस संगठनको चार सदस्यीय कार्यदलमा जेएन सागर, प्रकाश चौधरी, पाण्डव शर्मा र प्रेमबहादुर रहनुभएको छ । नेकपा दाङले पार्टीका साविकका सबै जनवर्गीय संगठनका कार्यसमिति विघटन गर्दै दुबै संगठनका अध्यक्ष र सचिव सम्मिलित कार्यदलय बनाएको छ ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…