२५ वर्षअघि देउवासँग चुनाव हारेका लाइ नेकपाले बनाउने भयो पश्चिमका प्रदेश प्रमुख

राजनीतिमा कोहि पनि स्थायी साथि र स्थायी दुश्मन हुदैन भनिन्छ तर नेताहरुले त्यस्तो ब्यबहार चुनावी भासन मा गरेपनि उनीहरु मिलेर नै अगी बढिरहेका हुन्छन, हिजो मात्र सरकार ले सात वटै प्रदेशका प्रदेश प्रमुख (गवर्नर) हरुलाई एकै चोटी हटायो त्यसपछि रिक्त रहेका पद हरुमा सरकारले आफ्ना पार्टीका नेताहरुलाई राख्न सिफारिस गरेको छ त्यसमा एकजना को नाम २५ वर्ष अघि देउबा संग चुनाव हारेका नेताको समेत परेको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। प्रदेश प्रमुखमा सिफारिस हुनेमध्ये एक हुन्-डडेल्धुराका गोविन्द कलौनी।

उनी सुदूर पश्चिम प्रदेश प्रमुख हुने सम्भावना छ। यद्यपी कसलाई कुन प्रदेशको जिम्मा दिने निर्णय मन्त्रिपरिषदले गर्नेछ।
सुदूर पश्चिम क्षेत्रका पूराना वामपन्थी नेता मानिने कलौनी शिक्षण पेसा छोडेर राजनीतिमा आएका हुन्। कलौनी २०५१ सालको मध्यावधि निर्वाचनमा सांसद लडे। त्यतिबेला उनका प्रतिष्पर्धी थिए-तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा।मध्यावधि चुनावमा देउवाले जिते कलौनी हारे। त्यसपछि उनी चुनावमा देउवासँग आमनेसामने भएनन्।
कलौनी २०५६ को चुनाव छिमेकी बैतडीबाट लडे। २०६४ को संविधान सभामा उनी कञ्चनपुरबाट उठे। तर उनले कहिल्यै जित हात पारेनन्।संयोग कस्तो पर्‍यो कलौनी प्रदेश प्रमुख नियुक्त भएको घटनामा पनि देउवासँग जोडियो।देउवा सरकारले २०७४ माघमा नियुक्त गरेका प्रदेश प्रमुखलाई आइतबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गर्‍यो।
देउवा सरकारको उक्त निर्णय खारेज भएसँगै २५ वर्षअघि देउवासँग र त्यसपछि पनि दुई चुनाव हारेका कलौनी संवैधानिक पद प्रदेश प्रमुखमा सिफारिस भएका छन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…