सलमान खानको फिल्ममा सुनिल थापा

काठमाडौं। लगभग 3 दशक भन्दा बढी देखि नेपालि चलचित्र क्षेत्रमा लागिरहेका नेपालि कलाकार सुनिल थापा पुन एकपटक बलिउड फिल्म मा देखिने भएका छन उनले एक अनलाइन पत्रिकालाई आफु खेल्न लागेको जानकारी दिएका छन् उनि एक साउथ इन्डिएन फिल्म मा पनि सानो रोल पहिलेनै खेलेका थिए

अभिनेता सुनिल थापाले बलिउड अभिनेता खलमान खानको प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्ममा काम गर्ने भएका छन्। बलिउडबाटै फिल्मी यात्रा तय गरेका थापाले पाँच वर्षअघि नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘मेरी कोम’मा काम गरेका थिए।

त्यसयता सुनिलले बलिउड फिल्ममा काम गरेका छैनन्। यसैबीच सुनिलले ‘क्वाथा’ नामक फिल्ममा काम गर्ने भएको बताएका छन्। ‘प्रोडक्सन टिमसंग भेटघाट भयो। काम गर्ने सहमति पनि भयो’ डिसी नेपालसंग कुरा गर्दै थापाले भने, –‘मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ। ३ वटा नेपाली फिल्मको छायांकन बाँकी छ। त्यो सकेपछि क्वाथाको छायांकनमा व्यस्त हुनेछु।’

‘प्रेम गीत ३’, ‘सम्झना विर्सना’सहित अर्को एक फिल्मको छायांकनपश्चात सुनिल ‘क्वाथा’को छायांकनमा जानेछन्। यो फिल्मलाई करन भुटानीले निर्देशन गर्दैछन्। यही फिल्मबाट नायिका कट्रिना कैफकी बहिनी इसाबेल बलिउडमा प्रवेश गर्दैछिन्। त्यसका कारण पनि फिल्म प्रतीक्षित छ।

आयुष शर्मा मुख्य भूमिकामा रहने भनिएको फिल्ममा आफूलाई मुखियाको भूमिकाका लागि अफर गरिएको सुनिलले बताए। भारतको मणिपुर राज्यको वास्तविक कथामा बन्न लागेको फिल्ममा सुनिल त्यहाँको मुखियाको भूमिका रहनेछन्। त्यहाँको वास्तविक कथामा यो फिल्म बन्न लागेको सुनिल बताउँछन्।

-DCNEPAL

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…