सोनाम तामाङको “द्रुत निर्णय” जसले बचायो धेरै यात्रुको ज्यान

आइतबार दोलखामा यात्रु बाहक बस दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृयु हुनेमा तीन महिने शिशुसहित अन्य १७ जना रहेको प्रहरीले जनाएको छ।  दुर्घटनामा ५२ जना घाइते भएका छन् भने केही हराइरहेका अनुमान प्रहरीको छ।

बस दुर्घटना भएको दुइ मिनेटमै उद्दार गर्न पुगेका सोनाम तामाङको शाहसका कारण कतिपय यात्रु बाँच्न सफल भएका छन्। नागरिक न्युजले ध्रुब दंगालसँगको कुराकानीमा आधारित सोनाम तामाङको दुर्घटना र उद्दारको क्षण यसरी लेखेको छ।

“म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ। खोला तिरै हेरेर टहलिँदै थिए। सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो। ठूलो आवाज आयो। होटलबाट दुर्घटनास्थल २० मिटरको दुरीमा पर्छ। बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन।

तुरुन्त र्‍याफ्टिङ बोट निकालेर म सहित ४ जना उद्दारको लागि खटियौं। घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं। त्यहाँको दृष्य विभत्स थियो। सुनकोशी रातै भएको थियो। गाडी माथी फर्केर पल्टिएको थियो। १० जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए। नदीमा यात्रु बगिरहेका थिए। पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्‍यौं। कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन्। बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई शव म आफैले निकाले। गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो। उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं। त्यत्तिकैमा ५/६ वटा र्‍याफ्टिङ बोट नदिमा आए। बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो।

घटनास्थल र्‍याफ्टिङका लागि चर्चित भएकाले र्‍याफटिङ बोट र तालिम प्राप्त उद्दारकर्ताको कमि थिएन। तत्काल उनीहरु उद्दारमा खटिएकाले धेरैको ज्यान जोगाउन सकियो।”

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…