कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पुजाको मुर्ति बिसर्जन मा बिबाद हुदा झडप, एक जनाको मृत्यु अनिश्चितकालिन कर्फ्यू

kapilvastu jhadap

कपिलवस्तु– लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि सम्भावित झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको जनाएको छ ।

कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

यसअघि गत वर्ष पनि दशैँमा दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कृष्णनगरमा विवाद हुँदा कर्फ्यू लगाइएको थियो ।

प्रहरीको गोलि लागेर एक जनाको मृत्यु भएपछि त्यहाको स्थिति झन् तनावग्रस्त भएको छ । हिजो बेलुका प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर गरेको थियो ।कपिलवस्तु जिल्लाको कृष्णनगरनगरपालिका कृष्णनगर बजार छेत्रमा लक्ष्मी पुजाको मुर्ति विसर्जनको विषयलाइ लिएर दुई पक्षबीच उत्पन्न तनाबमा प्रहरीले गोलि चलाएको हो । सो छेत्रमा आज ११ बजे देखि अप्रिय घटना नहोस भनेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यु लगाएको थियो ।

कृष्णनगर बजार बाट मुर्ति विसर्जन गर्न जाने क्रममा मुस्लिम समुदाय रहेको बस्तीमा एक्कासी ढुंगा प्रहार भए पछी दुई पक्षबीच मुठ भेटको स्थिति सिर्जना भएको हो ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…