क्रिकेट रङ्गशाला निर्माणका लागि ५ लाख व्यक्तिगत सहयोग गर्ने ईशा गुरुङको घोषणा

काठमाडौं १४ कार्तिक / विदेशमा बस्दै आउनुभएकी समाजसेवी ईशा गुरुङले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।

उक्त कुरा समाजसेवी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो आफिसिय फेसबुक पेजमा जनाउँदै यस्तो लेख्नुभएको छ:

“प्रवासमा रहेर पनि नेपालका लागी निरन्तर सामाजिक काममा सक्रिय समाजसेवी आदरणिय दिदी ईशा गुरुङ्गले जनस्तरबाट निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएकोमा हामी निकै खुसी छौं ।

आदरणिय दिदीले धुर्मुुस सुन्तली फाउण्डेशनको हरेक परियोजनामा स्वस्फूर्त सहयोग गर्दै आउनुभएको छ ।

नेपालका लागी अनि नेपाली खेलाडीहरुको भविष्यको लागी निर्माण गर्न लागिएको यस परियोजनाका लागी सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोमा दिदी ईशा गुरुङ्गलाई हार्दिक धन्यवाद ।

यस राष्ट्रिय गौरवको परियोजनामा सम्पुर्णलाई आ-आफ्नो स्थानबाट जोडिनुभई यस परियोजना सम्पन्न पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं ।”

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…