पारस खड्काले टी १० लिग खेल्ने पक्का, पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता

नेपालि रास्ट्रीय टीम का निबर्तमान कप्तान पारस खड्का दुबई मा हुने टि१० लिग खेल्ने पक्का भएको छ हिजो मात्र टि१० को अफसियल पेज बाट उनि टीम अबु दाबि बाट खेल्ने पक्का भएको तस्बिर हालेको थियो ।

१० वर्ष नेपाली टिमकाे कप्तानी गरेका पारस पहिलाे पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् ।

टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लाे नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्काे मारेका छन् ।यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् ।नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो । टी १० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले पछि मात्रै जानकारी दिएको हो ।

अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक भएको छ । पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खेलाडीको रुपमा रहेका छन् ।

पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएका हुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टी टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटेगरीमा परेर छनोट भएका हुन् । ए मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टी टेन नोभेम्बर १५ देखि २४ सम्म यूएईमा चल्ने छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…