नेपाल सरकारका कार्यवाहक इश्वर पोख्रेल को छोराले राम धुलाई भेटेपछि अस्पताल भर्ना

काठमाडौैं । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलका छोरा दरवार्गमार्ग स्थित एक डान्स क्लवमा उनी पिटिएका पिटिएका छन् ।

निर्घात पिटिएका पोखरेलका कान्छा छोरा स्वरुप पोखरेलको चार दिन ग्यान्डी अस्पतालमा राखेर उपचार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
घटना भने केही समय अगाडी दशैका बेलाको हो ।‘दुब्र्यसनी’मा रहेका पोखरेलका कान्छा छोरालाई क्लवमा राती एक समुहले कुटपिट गरेको पोखरेलकै पारिवारिक स्रोतले जनाएको छ । आफु उपप्रधान तथा रक्षामन्त्रीको छोरा भएको र आफुलाई कोही कसैले केही गर्न नसक्ने भन्दै अराजक शैलीमा उफ्रिन थालेपछि क्लवमै आएका अर्काे एक समुहले उनीमाथी कुटपिट गरेको हो ।

कुटपिट पछि स्वरुप बेहोस भएका थिए । त्यसपछि उनलाई उपचारका लागि ग्यान्डी अस्पताल पु¥याईएको स्रोतले बतायो । कुटपिटपछि बेहोस बेनेको र अस्पताल ल्याईएको खबर सुनेपछि रक्षामन्त्री पोखरेलले बेलुकी नै छोरालाई भेटन ग्यान्डी पुगेका थिए ।

भिआईपी छोरा कुटिएको खबरले तरंग जान सक्ने भन्दै घटनालाई पोखरेलकै आग्रहमा अति गोप्य राखिएको थियो । जसकाकारण घटना अहिलेसम्म पनि सार्वजनिक भएको छैन ।

कुटपिटवाट बेहोस स्वरुपको चार दिन पछि मात्र होस खुलेको थियो । पोखरेलका दुई छोरा छन् । कान्छा छोरा स्वरुप मादक पदार्थमा झुम्न रमाउने गर्छन् । त्यही कारण पनि उनी बेला– बेला डान्सवार जाने गरेका थिए ।

उनी पिटिएको पोखरेलको निकट ब्यक्तिहरुले पनि पुष्टि गरेका छन् । ‘स्वरुप दरवारमार्गस्थित एक क्लवमा पिटिएका हुन्, तर त्यो केही हप्ता अगाडीको कुरा हो, अहिले उनी घरमै आरम गरि बसिरहेका छन्,’ पोखरेल निकट स्रोतले भन्यो ।

भीआईपीका छोराहरु अनेक धन्दामा लागेका कारण बेला–बेला विवादित बन्दै आईरहेका छन् । पोखरेलका कान्छा छोरा पनि त्यस्तै भएका र घटना सार्वजनिक हुदा आलोचना खेप्नु पर्ने भएकाले पोखरेलले यो घटनालाई अति गोप्य राख्न आग्रह गरेपछि प्रहरी, अस्पताल र डान्स क्लवले गोप्य राखेको हो ।

घटनामा संग्लन्नहरुको खोजी गर्दा घटना सार्वजनिक हुने डरले नियत बस कुटिएको हो वा कमजोरी आफ्नै छोराका तर्फवाट भएको भन्ने अनुसन्धान मात्र गर्न पोखरेलले प्रहरी नेतृत्वसँग आग्रह गरेका वुझिएको छ ।
प्रहरीले घटनमा पोखरेलकै छोराको गल्तीका कारण पिटाई खानु परेको बताएपछि अहिले त्यो घटनाको अनुसन्धान नगर्न पोखरेलले नै प्रहरीलाई आग्रह गरेको स्रोत बताउँछ ।

त्यसोत पोखरेलका कान्छा छोरा बेला बेला विवादित बन्दै आईरहेका छन् । उनी वाउको शक्तिको आडमा उठौती धन्दामा पनि लाग्दै आईरहेका छन् । आफनो वावु रक्षा मन्त्री भएको कारण पनि उनले सेनाभित्र कतिपय अवस्थामा वार्गेनिङ धन्दा समेत चलाउदै आएको सेनाकै कतिपय अधिकृतहरु बताउँछन् ।

अमेरिकामा अन्तराष्टिय सम्वन्ध पढेर फर्केका थिए , स्वराज । पोखरेलका जेठा छोरा सिजन भने कृर्षि अध्ययन केन्द्र नार्कका वैज्ञानिक छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…