कश्मिरमा अस्ताए पाल्पाका गमिल

कश्मिरमा भारत र पाकिस्तान बोर्डर मा ज्यान गुमाएका भारतीय गोर्खा सैनिक पाल्पा जिल्ला रामपुर नगरपालिका का रहेको खुलेको छ रामपुर नगरपालिका वडा न ४ का उनि भर्ति भएर पहिलो छुट्टी मानेर पल्टन मा फर्किएका थिए ।

रामपुर नगरपालिका वडा नम्बर–४, सदावर्तका २४ वर्षीय श्रेष्ठ भारतीय सेनामा भर्ना भएको २७ महिना मात्रै भएको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो । अविवाहित श्रेष्ठको घरमा हजुरबुवा, बुवा, आमा र दाइ–भाउजू हुनुहुन्छ ।

घटनाको जानकारी पाएसँगै उहाँका बुवा, आमा, दाजु–भाउजू र छिमेकीहरु सोमबार बिहानै भारत गएको छिमेकी कृष्ण लम्सालले उज्यालोलाई जानकारी दिनुभयो ।भर्तीपछि तालिम सकेर एक महिने छुट्टीमा घर आउनु भएका गमिल ५ महिनाअघि ड्युटीमा हाजिर हुन कश्मीर पुग्नु भएको थियो ।

गएकाे वैशाखमा १५ दिने छुट्टीमा आएका गमिलले भर्ती हुन भाकल गरेबापत पञ्चबलि पूजा गरी फर्किनु भएकाे थियाे ।

कक्षा १२ मा पढ्दापढ्दै भारतीय सेनामा भर्ना भएका गमिल निकै मिलनसार र सहयोगी रहेको गमिलसँगै माध्यमिक तहसम्म अध्ययन गरेका दानबहादुर थापाले जानकारी दिनुभयो ।

जेठा बुवाको छोरा दिपक श्रेष्ठ भारतीय सेनामा भर्ना भएपछि गमिल पनि दिपककै सहयोगमा सेनामा भर्ना हुनु भएकाे थियाे । गमिल मारिएसँगै सदावर्त गाउँ शोकमा डुबेको छ ।

आइतबार राति भारत-पाकिस्तान सीमा मा भारतीय र पाकिस्तानी सेनाबीच भएको दोहोरो भिडन्तमा भारतीय सेनामा कार्यरत राइफ म्यान गमिलसँगै भारतीय सेनाका हवल्दार पदमबहादुर श्रेष्ठको ज्यान गएकाे थियो । मृत्यु हुने दुवै जना गोर्खा रेजिमेन्टमा कार्यरत थिए ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…