अदालत को इजलासमा महरा र रोशनी मुस्कुराउदा न्यायाधीश छक्क

काठमाडौं : आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई आश्चर्य बनाएको थियो । त्यसो त यस अघिका इजलासमा उपस्थित हुँदा पनि उज्यालै अनुहारमा देखिने महरा यस पटक पनि हाँसीखुसी मुडमै देखा परेका थिए । उनलाई अनुसन्धानका लागि पाँच दिन म्याद थपको आदेश दिंदा पनि यसले कुनै असर पारेको देखिएको थिएन ।

विरामीको कारण देखाएर प्रहरीलाई बयान दिन अस्वीकार गर्दै आएका महरालाई सरकारी वकिलको कार्यालयमा लिएर करीब ६-७ घण्टा बयान लिएपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्याइएको थियो ।

जिल्ला अदालत पुग्दा अबेर साँझ भैसकेको थियो । तैपनि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको अनुरोधमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महरालाई अनुसन्धानका लागि थप एकहप्ता थुनामा राख्न इजलाससमक्ष माग गरेअनुसार छलफल चलिरहेको थियो ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमा जिल्ला अदालतमा साँझ अबेरसम्म चलेको बहसमा महराले आफू र शाहीबीच पुरानै चिनजान रहेको दोहर्याइरहेका थिए । रोशनी शाही बिमारी छिन् भन्ने जानकारी पाएर त्यहाँ भेट्न गएको तर कुनै जबरजस्ती नगरेको पनि महराले इजलास समक्ष बताएका थिए । उनले शाहीको घरमा घटना घटेको भनिएको समयमा आफू सहरी विकासमन्त्री महम्मद इस्तियाक राईसँग कुराकानी गरिरहेको पनि बताएका थिए ।

इजलास चलिरहँदा साँझ ६.०० बजे रोशनी शाहीले असोज १५ गते प्रहरीवृत्त बानेश्वरमा निवेदनदिंदा मिसिल छुट भएकाले संलग्नताका लागि भन्दै इजलाससमक्ष एक निवेदनसमेत् बुझाएकी थिइन् । बुझाइएको निवेदनमा शाहीले आफू डिप्रेसनको बिरामी रहेको, औषधी खाइरहेको, प्रहरीले जबरजस्ती उजुरी दिन लगाएको आदि कुराहरु उल्लेख गरेकी थिइन् । न्यायाधीश सुवेदीले शाहीलाई थप भनाइ केही छ कि भनी प्रश्न गर्दा शाहीले सबै कुरा निवेदनमा आइसकेकाले आफ्नो भन्नु केही नभएको जवाफ दिएकी थिइन् ।

संसद सचिवालय महिला कर्मचारी रोशनी शाहीमाथि यौन हिंसा गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका महरालाई आइतवार जिल्ला अदालत काठमाडौंले पाँच दिने म्याद थपको आदेशसहित अनुसन्धानमा पठाएको छ । अदालतका न्यायाधीश सुवेदीको एकल इजलासले उक्त म्याद थपको आदेश दिएको हो ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…