सेरबहादुर देउबालाई रबिन्द्र मिश्रको कडा चेतावनी जेल मा बसेर टिभी हेर्नुहोला

काठमाडौँ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जेलमा बसेर टिभी हेर्नुपर्ने चेतावनी दिएका छन । काँग्रेसका सांसद मोहम्मद अफताब आलमको पक्राउलाई लिएर उनले एक सार्बजनिक कार्यक्रममा  काँग्रेस विरुद्धको षडयन्त्रको रुपमा व्याख्या गरेपछि मिश्रले देउवालाई त्यस्तो चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा देउवाको सो समाचार शेयर गर्दै मिश्रले लेखेका छन्, ‘जे पनि भन्दिने, जे पनि गर्दिने ? मानवता विरुद्धका अपराधीहरू, अपराधीलाई जोगाउनेहरू, भ्रष्टाचारी र देश दोहनकारीहरू, पर्खिनोस्, जनमत बदलिँदै छ ।’मिश्रले अगाडि लेखेका छन्, ‘अब धेरै वर्ष लाग्दैन । साझा पार्टी नेतृत्वमा आएपछि सुशासन भनेको कस्तो हुन्छ जेलमा बसेर टेलिभिजनमा हेर्नुहोला ।’

२०६४ सालको संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लागिएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा सांसद मोहम्मद अफताब आलम पक्राउ परेपछि नेपाली काँग्रेसले त्यसलाई काँग्रेसविरुद्धको षडयन्त्रको रुपमा अर्थ्याएको छ ।

शुक्रबार काठमाडौँको एक कार्यक्रममा बोल्दै काँग्रेस सभापति देउवालाई आलमको पक्राउ काँग्रेसविरुद्धको षडयन्त्र भएको बताएका थिए । पुरानो मुद्दालाई ब्युँताएर सरकारले नेपाली काँग्रेसविरुद्ध घेराबन्दी र षडयन्त्र गरेको उनको आरोप थियो ।सोही कार्यक्रममा घटनाको बखत गृहमन्त्री समेत रहेका अर्का काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले समेत आलमको पक्राउलाई काँग्रेसविरुद्धको ग्य्राण्ड डिजाइनका रुपमा व्याख्या गरेका थिए । – स्रोत :नेपालि पत्र

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…