अपराध छोप्न मानिस लाइ जिउदै जलाएका आलम बयान दिन तयार

कार्तिक ३ काठमान्डौ, २०६४ साल को चुनाब मा आफुलाई जिताउनको लागि बम बिस्पोट  गराएर मानिसहरु मरेका र घाइतेहरुलाई जिउदै जलाएका भनेका मोहम्मद अफताव आलम ले आफ्नो आइतबार जिल्बला अदालतमा बयान दिन तयार भएका छन ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ । उनले यसपटक भने बयान दिने बताएको जिल्ला अदालत स्रोतले बतायो ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद् तथा पूर्व मन्त्री आलममाथि अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म म्याद दिएको थियो। हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…